माइती नेपालको ३१औँ वार्षिक उत्सव, सीमामा निगरानी बढाउन समूह परिचालन

विराटनगर । माइती नेपालले आफ्नो ३१औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। विराटनगरमा रहेको माइती नेपालको कार्यालयले संस्थाले गठन गरेका समूहहरूसँग छलफल गरेको छ ।

विराटनगर महानगरपालिका वडा १३, १५ र १६ को सञ्जाल समूहसँग कार्ययोजना बैठक कार्यक्रम गरिएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए । छलफलमा समूह सञ्जालका २५ जनाको सहभागिता रहेको थियो । सञ्जालको वडा नम्बर १५ की संयोजक दीपा पौड्याल, वडा नम्बर १६ की कमला सुब्बा र वडा नम्बर १३ की संयोजक कुन्तीदेवी यादवले अहिले सीमा निगरानीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । लामो समयदेखि समूह मार्फत घरेलु हिंसा निवारण, किशोरीका समस्या र समाधानका बारेमा छलफल र पैरवी हुँदै आएकोमा थप प्रभावकारी बनाउन समूह सञ्जाललाई सक्रिय बनाउने उनीहरूको प्रतिबद्धता रहेको छ ।

सञ्जालका संयोजकहरूले आ–आफ्नो वडा, टोलको कुनै पनि हिंसाको घटना निवारण तथा हिंसामा परेका महिलाको बारेमा समस्या भए तत्काल माइती नेपाल तथा नेपाल प्रहरीलाई खबर गर्ने गरिएको समेत बताए । हिंसा निवारणमा जन प्रतिनिधिहरूको भूमिका बढी हुने वडा नम्बर १५ की संयोजक दिपा पौड्यालले बताइन् । आगामी दिनहरूमा माइती नेपालले सञ्जाललाई अझ सबल बनाउन, विभिन्न कानुनी, बेचबिखन विरुद्धका तालिमहरू, वडा स्तरमा सञ्जालले विभिन्न आवश्यकता अनुसारको सचेतना तालिमहरू राख्ने बारेमा छलफल भएको माइती नेपालका संयोजक पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *