एक महिने च्याब्रुङ नृत्य प्रशिक्षण सुरु

विराटनगर । पथरीशनिश्चरे नगरपालिकाले  वडाबाट नै च्याब्रुङ नृत्य संरक्षणको अभियान थालेको छ ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को सहयोग तथा किरात फाल्गुनन्द युमा माङ्हीमको समन्वयमा लिम्बुहरूको  परम्परागत रूपमा रहेको प्रसिद्ध च्याबु्रङ (केलाङ) नृत्यको संरक्षण र पुस्तान्तरणको अभियान थालनी भएको वडा सदस्य झमकबहादुर लिम्बुले जानकारी दिए । लोक संस्कार र संस्कृति हराउँदै जान थालेपछि पालिकाले अभियानको रूपमा बाजा, नृत्यको संरक्षण काम थालनी भएको उनको भनाई छ ।

एक महिना सम्म सञ्चालन हुने प्रशिक्षणको शुभारम्भमा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए । वडा नम्बर ८ का वडा अध्यक्ष नवीन कार्की, वडा सदस्य झमकबहादुर लिम्बु, बाबुराम चौधरी र शान्ता योङ्हाङ लगायतले च्याब्रुङ संरक्षणको दायित्व वडा र पालिकाको हुने बताए । वडामा अहिले वडाध्यक्ष कार्कीको पहलमा माङ्हिममा लिम्बु भाषा पठनपाठन भइरहेको छ भने पाठशालाको लागि पक्की भवन समेत निर्माण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *