दुर्गा प्रसाईसँग पैसा मागेको अडिओ बाहिरिएपछि रास्वपाले निलम्बन गर्यो सांसद श्रेष्ठलाई
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडिओ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आप्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । उनी पार्टीबाट समानुपातिक निर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य (सांसद) बनेका थिए ।
रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त अडिओबारे छानविन गर्न समितिसमेत बनाइएको छ । पार्टीको निलम्बनसँग अब संसदले पनि उनलाई निलम्बन गर्ने सम्भावना छ ।
सार्वजनिक भएको उक्त अडिओमा मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भनिरहेको सुनिएको छ ।
प्रचण्ड नेतृत्वको स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड दिए पनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।
प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।
यसबारे रास्वपाले विज्ञप्तिसमेत जारी गर्ने तयारी गरेको बताइएको छ ।
यसबारे मकालुखबरले राखेकाे जिज्ञासाबारे जवाफ दिँदै व्यवसायी प्रसाईले उक्त अडिओले आफूलाई कुनै फरक नपर्ने बताए ।