सन्दीप लामिछानेको मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टर र आलमको बकपत्र गराउन आदेश
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित बालिकाको स्वास्थ्य जाँच गर्ने डाक्टर र दुई सरकारी साक्षीलाईसमेत झिकाउन अदालतले आदेश दिएको छ ।
उनको मुद्दामा किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको साटो अर्को डाक्टरलाई पठाएर बकपत्र गराएको खुलासा भएपछि अदालतले यस्तो आदेश दिएको हो ।
त्यस्तै, सरकारी दुई साक्षीहरु साहव आलम र अनिष श्रेष्ठलाईसमेत झिकाउन आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश दिएको हो ।
आलमको बकपत्र गराउन आदेश दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्धको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । न्यायाघीश शंकरराज बराजको इजलासले यस्तो आदेश दिएको हो ।
वादी पक्षका दुई जना साक्षीको वकपत्र नभएकोले तिनलाई बुझ्ने आदेश गरिपाऊँ भनेर निवेदन दिएकोले त्यही अनुसार आदेश दिएको हो । फास्ट ट्रयाकबाट सन्दीपको मुद्दा किनारा लगाउन गत १५ फागुनमा सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसैअनुसार मुघाको अन्तिम सुनुवाई हुन लागेको हो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध १२ भदौमा ए किशोरीले जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दिएकी थिइन् । २० असोजमा लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।
उनीविरुद्धको मुद्दाको सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्च अदालतले उनलाई २० लाख धरौटीमा रिहा गर्न १८ पुसमा आदेश दिएको थियो ।