ढाकाकुमार अहिले हाम्रो सम्पर्कमै हुनुहुन्न : प्रवक्ता ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीबाट प्रतिनिधि सभामा समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ अहिले आफूहरुको सम्पर्कमै नभएको बताएका छन् ।

व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ माग गरेको अडिओ सार्वजनिक भएपछि उनी अहिले पार्टीको सम्पर्कमै नरहेको ढकालले बताएका हुन् ।

‘उहाँ अहिले हाम्रो सम्पर्कमै हुनुहुन्न,’ उनले भने, ‘उहाँले ह्वाट्सएप’मा म्यासेज पठाउनु भएको रहेछ । मलाई नियोजित तरिकाले फसाइयो मैले यो काम गरेको होइन भनेर म्यासेजमा लेख्नु भएको रहेछ ।’

उनले उक्त अडिओ सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीले पार्टीको साधारण सदस्यसमेतबाट निलम्बन गरेको उनले बताए ।

‘पार्टीमा केन्द्रप्य अनुसासन तथा आचारण विभाग छ,’ उनले भने, ‘त्यसले सात दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउँछ । त्यसपछि के गर्नुपर्ने थाहा हुन्छ । उहाँ पार्टीमा असन्तुष्ट पनि हुनुभएको थिएन । याे प्रमाणित भए उहाँको सांसद पद पनि खारेज हुन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *