वागमती प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ
मकालु खबर
२०७९ चैत २६ गते
काठमाडौँ । बागमती प्रदेश सरकारमा आइतबार नियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र सांसद तीथ लामा मन्त्री नियुक्त भई सपथ लिएका हुन् । उनीहरुलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेशप्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा उनीहरु मन्त्री भएका हुन् ।
बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना र तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिञ्चाईं मन्त्री बनेका हुन् । यो सँगै अहिले प्रदेशको मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ ।
अझै ५ वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । लामो समयदेखि मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि सत्तारुढ दलबीचको भागबण्डा मिल्न नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छ ।
मकालु खबर
२०७९ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित