नेपाली उत्पादनकाे प्रयाेगलाई प्राथमिकता दिने नीति कार्यान्वयनमा लानुपर्छ : उद्योगमन्त्री रिजाल
मकालु खबर
२०७९ चैत २८ गते
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । १५ प्रतिशत बढी महँगो परे पनि नेपाली उत्पादनको प्रयोग गर्नु पर्ने नियम कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताएका हुन् । यस्तो व्यवस्था कार्यान्वयनमा ल्यान सके नेपाली उद्योगले देशभित्रैको बजार पाउने उनले बताए ।
त्यस्तै उद्योग क्षेत्रको विकासका लागि विशेषगरी ३ ओटा मन्त्रालयबीच सुमधुर सम्बन्ध हुनुपर्नै बताए । वन, भूमिसुधार र उद्योग मन्त्रालयको समन्वयको खाँचो रहेको उनले बताएका हुन् ।
‘आर्थिक समस्या समाधानका लागि हामीले अब ज्यादा समय कुरेर बस्ने समय छैन,’ उनले भने, ‘यसका लागि सबैले समन्वय गरेर अघि बढ्नुपर्छ ।
मकालु खबर
२०७९ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित