हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई बोलाए श्रमदानमा
मकालु खबर
२०७९ चैत २९ गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानमा सहभागी हुन आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए । धरान उपमहानगरपालिकालाई पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा उच्चपदस्थ अधिकारीहरूले पनि साथ दिनुपर्नेमा उनको जोड छ ।
उनले पत्रमा भनेका छन्, ‘दशकौँ पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु ।’
- यस्ता छन् उनले पठाएका पत्र
मकालु खबर
२०७९ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित