सगरमाथा आरोहणको बाटो बनाउन गएका तीन जना शेर्पा हिमपहिरोमा पुरिए
मकालु खबर
२०७९ चैत २९ गते
काठमाडौँ । सगरमाथाको हिमपहिरोमा ३ जना शेर्पा पुरिएका छन् । सगरमाथा आरोहणका लागि पहिला बाटो बनाउन (रुट फिक्सिङ) गर्न गएका तीन जना शेर्पा हिमपहिरोमा पुरिएका हुन् ।
पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रको खुम्बु आइसफलभन्दा माथि हिमपहिरोमा उनीहरु पुरिएका हुन् ।
उक्त घटनामा बाछिरि शेर्पा, लाक्पातेम्बी शेर्पा र लाक्पारिता शेर्पा पुरिएर बेपत्ता भएका हुन् । उनीहरुको उद्दारका लागि हेलिकोप्टर पठाइएको भए पनि समस्या भएको विभागले जनाएको छ ।
आरोही टोलीलाई सथरमाथा आरोहणका लागि सहज बनाउन शेर्पाहरुले बाटो बनाउने, डोरी टाँग्ने काम गर्दछन् ।
मकालु खबर
२०७९ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित