नयाँ वर्षमा बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी नयाँ वर्षको दिनमा सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट दिने अफर ल्याएको छ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनीले नयाँ वर्षमा यस्तो अफर ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार अफरअन्तर्गत ग्राहकले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १५० सम्म छुट प्राप्त गर्न सक्ने छन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखामा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

अफरअन्तर्गत बिग मार्टका सबै शाखामा एनआईसी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

त्यस्तै, हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु १५० सम्म छुट पाइने समेत कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *