मेयर बालेनले भने– सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्नुस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौँको हितमा काम नगर्ने हो भने सिंहदरबार र राजधानी अर्कै पालिकामा सार्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस,’ उनले भनेका छन्, ‘कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस् ।’

उनले आफूहरुलाई काठमाडौँको सम्पदा, संस्कृति, कला र सभ्याता चाहिने भन्दै ज्यादा राजनीति नगर्न पनि आग्रह गरेका छन् ।

उनले अघि लेखेका छन्– ‘हामीलाई हाम्रो सम्पदा, संस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’

खास गरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित फोहर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, ढल, बिजुली जस्ता अनेक क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले संघीय सरकारका धेरै मन्त्रीसँग पटकपटक कुरा गर्दा पनि बेवास्ता गरेको भन्दै उनी आक्रोशित बनेका छन् ।

यही आक्रोशका कारण सबक सिकाउने भन्दै उनले महागनरको दायित्वमा पर्ने सिंहदरबार, शितल निवास जस्ता सरकारी कार्यालय रहेका ठाउँको फोहरसमेत उठाएका छैनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *