भक्तपुरकाे बिस्काः जात्रामा हात नभएकाे लिंगाे उठाइयाे (तस्बिरहरू)
मकालु खबर
२०७९ चैत ३० गते
काठमाडौँ । बिस्काः जात्राको क्रममा बिहीबार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ ।
बिहीबार भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको लिंगो उठाइएको हो । प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्यान्हमा यसरी नै लिंगो उठाउने गरिन्छ । यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्दछन् । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ ।
लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी पुग्ने गर्दछन् । प्रसिद्ध बिस्काः जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि शुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको शुरुवातसँगै जात्रा शुरु भएको थियो ।
यो जात्रा हेर्न दशौँ हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।
तस्बिरहरू
मकालु खबर
२०७९ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित