पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ महासंघ सदस्यमा निर्वाचित

काठमाडौँ । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन् ।

महासंघको ५७औँ साधारण सभाअन्तर्गत भएको निर्वाचनमा उनी एसोसिएटतर्फबाट महासंघको सदस्य पदमा निर्वाचित भएका हुन् ।

यसअघि उनी महासंघको उद्योग प्रवर्द्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवर्द्धन समितिमा रहेर काम गरेका थिए ।

उनी चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्ष, अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाईपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्यसमेत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *