गण्डकीका मुख्यमन्त्री अधिकारीले संसद ‘फेस’ गर्ने, बोलाए प्रदेश सभा बैठक
मकालु खबर
२०७९ चैत ३० गते
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत प्रमाणित गर्न ‘संसद फेस’ गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठककले ८ गतेका लागि संसद बैठक डाक्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
‘८ गते संसद डाक्न अनुरोध गर्ने निर्णय गरिएको छ,’ क्याविनेटका एक मन्त्रीले भने ।
अहिले संसद अधिवेशन बन्द छ । बर्खे अधिवेशनसमेत सुरु हुने बेला भएको छैन । मुख्यमन्त्रीले संसदबाट परीक्षण भएर अघि बढ्ने यसअघि नै प्रतिक्रिया दिइसकेका छन् ।
संघमा बनेकाे सत्ता गठबन्धनमा रहेका दलहरूले नै गण्डकीमा पनि सरकार बनाउन खाेजेका छन् । यसका लागि एमाले नेतृत्वकाे हालकाे सरकार उक्त गठबन्धनले ढाल्न खाेजिरहेकाे छ । तर, मूख्यमन्त्री भने संसदमै गएर परीक्षण हुने अडानमा छन् ।
मकालु खबर
२०७९ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित