तमोर नदीमा माछा मारेर फर्किँदै गरेका सञ्जयको भीरबाट झरेको ढुङ्गा लागेर मृत्यु
मकालु खबर
२०८० वैशाख २ गते
ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ ।
आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए ।
आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।
मकालु खबर
२०८० वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित