नेपाली कांग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्ने, भोलि शपथ

काठमाडौँ । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन् ।

भोलि ३ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने समय तय भएको छ ।
साउद कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो ।

यसअघि कांग्रेसबाट प्रकाशशरण महत अर्थमन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री, रमेश रिजाल उद्योगमन्त्री र पूर्णबहादुर खड्का रक्षामन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *