काठमाडौँ आज विश्वकै सबैभन्दा बढी प्रदुषित शहर

काठमाडौँ । सबैभन्दा बढी वायु प्रदुषण भएका विश्वका सहरहरुको सूचीमा काठमाडौँ आज पहिलो नम्बरमा परेको छ ।

विश्वकै शहरहरुको वायु प्रदुषणको मात्रा नाप्ने आईक्यु एयरका इन्डेक्सका अनुसार आइतबार काठमाडौँको वायु प्रदेशषणको स्तर एयर क्वालिटि इन्डेक्स २०८ सम्म पुगेको छ ।

त्यस्तै दोस्रो नम्बरमा थाइल्यान्डको चियाङमाई शहर रहेको छ । उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ सम्म पुगेको छ । बिहान नेपाल सूचीको पहिलो नम्बरमा परेपछि दिउँसो हुँदै गएपछि भने सूचीको दोस्रो नम्बरमा पुगेर थाइल्याण्डको चियाङमाई पहिलो नम्बमरमा पुगेको छ ।

काठमाडौँ उपत्यकाको शंखपार्क, भैँसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुर जस्ता स्थानमा बढी प्रदूषण छ ।

विभिन्न ठाउँमा लागेको डढेलोका कारण धुँवा, सडक निर्माण नहुँदा फैलिएको धुलो, वायु मण्डलमा गए बाक्लो तुँवालो बन्दा आज भिजिविलिमै समस्या आएको थियो । विहान जहाजसमेत उड्न सकेका थिएन् । दिउँसो हुँदैगएपछि भने उडान सुचारु भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *