रविले भने– भाइ शम्भुको स्वास्थ्यमा सुधार आएको छ, नुनचुक छर्न मौका नछोप्नुहोला
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको सम्वेदनशील घडीमा असम्वेदनशील भई टिका टिप्पणी नगर्न आग्रह गरेका छन् । आफ्ना गाडी चालक भाई दिलबहादुर थापा (शम्भु) अस्पतालमा सम्वेदनशील अवस्थामा छटपटाइरहेको बेला घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको छन् ।
‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नु भयो,’ उनले लेखेका छन्, ‘सीएमसी (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला योभन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला ।’
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय चालक दिलबहादुर थापा को सोमबार बिहान घरको घटबाट खसेर चितवनमा घाइते गम्भीर घाइते भएका थिए । उनको अपतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।