एनओसी खुला गर्न दबाब दिँदै विदेश जान चाहने विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)
मकालु खबर
२०८० वैशाख ५ गते
काठमाडौँ । विदेश अध्ययनका लागि आवश्यक सरकारी अनुमति ‘नो अब्जेक्सन लेटर’ (एनओसी) खुला गर्न दबाब दिँदै विभिन्न इस्टिच्युटमा अध्ययनरत विद्यार्थीले प्रदर्शन गरेका छन् ।
नयाँ बानेश्वरको होटल एभरेष्ट अगाडी विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित दबाबमूलक प्रर्दशन गरेका हुन् । उनीहरूले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका छन् ।
सरकारले १७ चैत देखि एनओसी दिन बन्द गरेको छ । एनओसी नपाएपछि अध्ययनका लागि विदेश जाने तयारी गरिरहेका विद्यार्थी विदेश जानबाट बञ्चित भएका छन् ।
तस्बिरहरु
मकालु खबर
२०८० वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित