नागरिकता विधेयक छिटाे पारित गराैँ : सांसद अनितादेवी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य अनिता देवीले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गरेर नागरिकताबिहीन नेपाली बाबुआमाका सन्तानलाई नागरिकता दिनुपर्ने बताएकी छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद देवीले संसदबाट नागरिकता विधेयक पारित हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गरिन् ।

उनले नेपाली नागरिकका सन्तान नै नागरिकताबिहीन हुनुपर्दा आफूले पाउने अधिकारबाट वञ्चित हुनुपरेको भन्दै संसदबाट नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *