जग्गाको कित्ताकाट खुला गर्ने मन्त्रिपरिषद्को निर्णय
मकालु खबर
२०८० वैशाख ५ गते
काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
‘भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।
सरकारले उक्त नियमावली नबन्दा घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो ।
त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ ।
मकालु खबर
२०८० वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित