चेल्सीलाई ४-० ले हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ४-० को नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

रियल म्याड्रिडको जितमा रोड्रीगोले दुवै गोल गरेका थिए । यसअघि सम्पन्न पहिलो लिगमा पनि रियल म्याड्रिडले २-० को जित निकालेको थियो ।

अर्काे खेलमा इटालियन क्लब एसी मिलानले नापोलीलाई समग्रमा २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *