मोटरसाइकलसँग ठोक्किएर चितुवा मर्यो

२०८० वैशाख ६ गते

फाेटाे फाइल
गलेश्वर । म्याग्दीमा गएराति मोटरसाइकलको ठक्करबाट चितुवा मरेको छ । बेनी नगरपालिका-१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवा मरेको हो ।
सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाट बताउँछन् ।
मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वनजङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ । रासस

२०८० वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित