वृहत् नागरिक आन्दोलन र मिटर ब्याज पीडितको संयुक्त प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । वृहत् नागरिक आन्दोलन र मिटर व्याज पीडितले आज बुधबार संयुक्त विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले शान्तिवाटिकाबाट बानेश्वरसम्म आन्दोलन गरेका हुन् । मिटर ब्याज पीडितको एक समूह शान्तिबाटीमा बसेर राजधानीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

सरकाले उधारो आश्वासन नदिई पीडितलाई तत्काल राहत हुने काम गर्न उनीहरुले सरकारलाई आग्रह गर्दै आएका छन् । प्रदर्शनमा निस्कने तयारी गर्दा गर्दै सोमबार पीडितहरुमाथि शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहरा बर्षाएको थियो ।

उक्त झडपमा केही पीडित घाइते भएपछि उनीहरुले सोमबार पत्रकार सम्मेलन गरी घटनाका घाइतेहरुको अवस्थाबारे जानकारी गराएको गराएका थिए ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *