राजनीतिलाई सही दिशा हामी दिन्छौँ, निर्वाचनमा सही निर्णय लिनुस् : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिलाई सही दिशा दिने जिम्मेवारी आफूहरुको भएको बताएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उम्मेदवार गोबिन्द भट्टराईलाई भोट माग्न तनहुँ पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् । गठबन्धनले आयोजना गरेको विशाल चुनावी कोण सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिलाई सही दिशामा लिएर लान तनहुँका मतदाताले सही उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरे ।
‘राष्ट्रिय राजनीतिलाई सही दिशामा लाने जिम्मा हाम्रो भयो,’ उनले भने, ‘यसका लागि निर्वाचनमा तपाइँले सही निर्णय लिनुपर्छ ।’
उनले तनहुँले पुराना पुस्ता र नयाँ पुस्ताको एउटा विचित्रको मेल देखाउने पनि बताए ।
‘तनहुँसँगै जोडिएको गोरखाका दुई प्रधानमन्त्री हामीसँग हुनुहुन्छ, एक पूर्व प्रधानमन्त्री र एक बहालवाला,’ उनले भने, ‘प्रधानमन्त्री यही जिल्लासँग जोडिएको चितवनबाट वर्तमान प्रधानमन्त्री निर्वाचित हुनुभएको ठाउँ हो ।