नेपालद्वारा ओमानसामु ३११ रनको विशाल लक्ष्य प्रस्तुत

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलामा नेपालले ओमानलाई जितका लागि ३११ रनको विशाल चुनौती दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लको शतक र सोमपाल कामीको अर्ध शतकको योगदान रहेको छ । कुशल मल्लले सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान नेपालका लागि बनाएका छन् । उनले ५९ बलमा ९ छक्का र ९ चक्का प्रहार गरेका छन् । उनले ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौँ खेलाडीको समेत रेकर्ड बनाए ।

कुशलले मल्लले ६४ बल खेल्दै ९ चौका र १० छक्का मद्दतमा १०८ रन बनाए । अर्धशतक प्रहार गर्ने क्रममा सोमपाल कामीलेले अविजित ६३ रन बनाए ।

पहिलो ४ ओभरसम्म कुनै पनि रन जोड्न नसकेको नेपालले २८ औँ बलमा बल्ल रन लिन सुरु गरेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शून्यमै आउट भएका थिए ।

कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानको एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।

भीम सार्की र कप्तान रोहित पौडेलले अर्धशतकीय साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी गरे ।

रोहित ३४ बलमा २३ रन बनाएर १८औँ ओभरमा आउट भए । भीम पनि २०औँ ओभरमा आउट भए । भीमले ५६ बलमा ३३ रन योगदान गरे ।

आरिफ शेख र कुशल मल्लले नेपालको इनिङ्स अघि बढाए । आरिफ र कुशल मल्ले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफले ४३ बलमा २९ रन बनाए ।

७२ रनमा ४ विकेट गुमाएको नेपालको इनिङ्सलाई कुशलले आक्रमक ब्याटिङ गर्दै माथि उकासेका थिए ।

दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रन बनाए ।

सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।

ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *