एमबाप्पेको दुई गोलमा पिएसजी विजयी
मकालु खबर
२०८० वैशाख ९ गते
काठमाडौँ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्दतमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा जित दर्ता गरेको छ ।
पिएसजीले घरेलु टोली एन्जर्समाथि २-१ को जित निकाल्दै उपाधि जित्ने सम्भावनालाई थप मजवुत बनाएको हो । घरेलु टोली एन्जर्सका सादा थिओवले एक गोल फर्काए ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३२ खेलबाट ७५ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । एक खेल कम खेलेको मार्सेको ६४ अंक छ । पराजित एन्जर्स १४ अंक जोडेर पुछारमा छ ।
मकालु खबर
२०८० वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित