प्रशासनको मिलेमतोमा जसपाले बुथ कब्जा गर्यो, सीमावर्ती गाउँमा जान दिइएन : सिके राउत
बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का दुई वटा मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् ।
राउतले उपनिर्वाचन अन्तर्गत आज (आइतबार) मतदान भइरहेको बेला बारा २ का सीमावर्ती गाउँ आफूलाई समेत जान नदिएको गुनासो गरेका हुन् ।
मतदानको अवलोकन गर्ने क्रममा राउतले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, जसपासँग प्रशासन मिलेको छ । हाम्रो कार्यकर्तालाई ज्यान मार्ने धम्की दिएको छ। अनि कसरी निष्पक्ष निर्वाचन हुन्छ रु म राष्ट्रिय अध्यक्ष हुँदा पनि केही गाउँमा जान सक्ने अवस्था छैन । देवतालेको झिटकैया बुथमा मतदाताको सहमतिमा अरू व्यक्तिले पनि मतदान गर्न पाउने निर्णय जर्वजस्ती गराइएको छ ।
अध्यक्ष राउतले सुरक्षाकर्मीसँग पटक पटक सुरक्षा माग्दा नदिएको र प्रशासनको मिलेमतोका कारण बेलदारी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने प्रबल सम्भावना रहेको बताए ।