मौन अवधिमा भोट मागेको आरोपमा आयोगले सोध्यो भट्टराईलाई स्पष्टीकरण
मकालु खबर
२०८० वैशाख १० गते
तनहुँ । मौन अवधिमा भोट मागेको उजुरीपछि तनहुँ १ का गठबन्धन उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
आइतबार बिहान एक पत्र लेखेर भट्टराईसँग स्पष्टीकरण मागेको हो ।
भट्टराईले मौन अवधिमा सुरू भएपछि ७ वैशाख राती १२ बजेपछि ९८८०२९८८०२ नम्बरको मोबाइलको भ्वाइस म्याजेज पठाएर मत मागेको आयोगमा उजुरी परेको थियो ।
भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत् उपस्थित भएर स्पष्टीकरण दिन समितिले निर्देशन दिएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेको भट्टराई नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन् ।
मकालु खबर
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित