चितवनका कृष्णपुर मावि र नयाँ किरण माविमा मतदान स्थगित
मकालु खबर
२०८० वैशाख १० गते
भरतपुर । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नं २ का २ वटा मतदान केन्द्रमा मतदान रोकिएको छ ।
भरतपुर महानगरपालिका ११ भोजाडमा रहेको नयाँ किरण कमल कुसुम मावि र महानगरको ७ नम्बर वडामा रहेको कृष्णपुर मावि केन्द्रमा मतदान स्थगित भएको हो ।
नयाँ किरण माविमा रवि लामिछानेका समर्थकमाथि विपक्षीले हुलहुज्जत गर्दा मतदान रोकिएको हो । त्यस्तै, कृष्णपुरमा पनि रवि लामिछानेका विपक्षीकै अवरोधका कारण मतदान स्थगित भएको हो ।
मकालु खबर
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित