चितनव २ : कृष्णपुर माविमा राेकिएकाे मतदान पुनः सुरु

भरतपुर । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नं २ अन्तर्गत भरतपुर महानगरपालिका ७ स्थित कृष्णपुर माविमा रोकिएको मतदान पुनः सुरु भएको छ ।

मतदान स्थल बाहिर नाराबाजी भएपछि केहीबेर मतदान कार्यक्रम रोकिएको थियो । अहिले पुनः मतदान सुरु गरिएको हो ।

रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध विपक्षी दलका प्रतिनिधिले नाराबाजी गरेपछि मतदान आधाघण्टा रोकिएको थियो ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि आयोगले कारवाही गर्ने सहमति पनि पुनः मतदान सुचारु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *