नयाँ किरण माविमा पनि मतदान पुनः सुचारु
मकालु खबर
२०८० वैशाख १० गते
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन २ को नयाँ किरण माविमा स्थगित भएको मतदान पुन सुचारु भएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेपछि मतदान पुनः सुरु गर्ने सहमति भएको हो ।
विहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रम झण्डै साढे २ घण्टा रोकिएपछि पछि त्यहाँ पुनः मतदान सुरु भएकाे हो ।
मतदान स्थल अवलोकनका क्रममा उक्त केन्द्रमा पुगेका रवि लामिछानेको समर्थनमा समर्थकले नारा लगाएपछि विपक्षी दलका प्रतिनिधिले हुलहुज्जत गरेका थिए । त्यसपछि मतदान रोकिएको थियो ।
मकालु खबर
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित