सवारी दुर्घटनामा परेका कीर्तिपुर–४ का वडाध्यक्ष अधिकारीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । सवारी दुर्घटनामा परेका अघिकारीको उपचारका क्रममा काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो ।

उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार भए पनि आइतबार अचानक प्रेसर बढेपछि उनको निधन भएको बताइएको छ ।

कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते लाग्ने मेला व्यवस्थापनका लागि गएका अधिकारी पौने १० बजेतिर कीर्तिपुरको पुष्पलाल पार्कस्थित ओरालोमा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

मेलामा पुगेका अधिकारीको खुट्टा एक्कासी बाँउडिएपछि उनलाई उनका साथी मनोज बुढाथोकिले मोटरसाइकलमा राखेर घर ल्याउँदै गर्दा ओरालोमा दुर्घटना भएको थियो । ओरालोमा मोटरसाइकलको बे्रक नलागेकाले ढुंगामा ठोक्किएर दुवै जना घाइते भएका थिए ।

स्थानीयले दुवैजनालाई अचेत अवस्थामा फेला पारी अस्पताल लगिएको थियो । उनको शव पोष्टमार्टम गर्न टिचिङ अस्पताल लाने तयारी भएको छ ।

गत वर्षको स्थानीय निर्वाचनमा अधिकारीले स्वतन्त्र उम्मेवारका रुपमा वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *