रवि लामिछाने र चितवनका सीडीओविरुद्ध कांग्रेसको उजुरी
काठमाडौँ । रास्वपाका उम्मेदवार रवि लामिछानेले चितवन २ मा हुलहुज्जत गरी मतदातालाई प्रभाव पारेको आरोप लगाउँदै नेपाली कांग्रेसले कारवाही गर्न निर्वाच आयोगसमक्ष उजुरी दिएको छ । चितवन २ को नयाँ किरण माविमा रवि लामिछानेका समर्थकले हुलदहुज्जत गरेको कांग्रेसको आरोप छ । तर, उक्त मतदान केन्द्रमा रवि लामिछाने जाँदा समर्थकले नारावाजी गरेपछि गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठका कार्यकर्ता भने रविका समर्थकमाथि आइलागेका थिए ।
उक्त घटनामा प्रशासनले पनि एकपक्षीय ढंगबाट मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेर भयभित बनाएको आरोप लगाउँडी चितवनका प्रमुख जिल्ला अधिकारीलाई समेत कारवाही गर्न कांग्रेसले माग गरेको छ ।
कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन् ।
मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको आरोपसमेत उनले लगाएका छन् ।