रास्वपाद्वारा मतदातालाई धन्यवाद ज्ञापन
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ का मतदाता र आम स्थानीयलाई धन्यवाद ज्ञापन गरेको छ ।पार्टीले आफ्नो आधिकारिक फेसबुकपेजमार्फत आजको उपनिर्वाचनमा सक्रिय सहभागीता जनाएको र माया र सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेको हो ।
यस्तो छ रास्वपाको धन्यवादको पूर्णपाठ
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ बासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार !
तपाईंहरूको अपार माया, सहयोग र सद्भावले २० दिनको चुनावी यात्रा आजको निर्वाचन सम्पन्न भए पश्चात पूरा भएको छ ।
तपाईँहरूले आज आफ्नो मताधिकार प्रयोग गरेर देशको लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।
हाम्रो चुनावी यात्रामा अहोरात्र आफ्नो समय उपलब्ध गराइ देशको परिवर्तनका लागि तपाईंहरूले खेल्नु भएको भूमिकाका लागि धन्यवाद ज्ञापन गर्दछौं ।
सुरक्षा निकाय, निर्वाचन आयोग र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद । साथै आम सञ्चार माध्यमका साथीहरूलाई पनि धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
आगामी दिनहरूमा तपाईँहरूकै माझ रहने र नियमित सम्पर्कमा रहने पनि वाचा गर्दछौं ।
अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी