आकाशमै आगो लागेकाे फ्लाइ दुबईका यात्रु भन्छन्– सासै रोकिए जस्तो भएको थियो

काठमाडौँ । सोमबार राती टेकअफको केहीबेरपछि आकाशमै आवाजसहित आगो लागेको फ्लाइ दुबईका यात्रुले यात्रा निकै त्रासदीपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।

टिकटकका नेपाली युजर हंसराजले यात्रुसँग लिएको प्रतिक्रियामा एक यात्रुले भनेका छन्– ‘त्यतिबेला सासै रोकिएला जस्तो भएको थियो, अन्तिम अवस्था आयो भनेर मोबाइल निकालेर आफ्नो भिडिओ आफैँले बनाइरहेको थिएँ ।’

अर्का यात्रुले भनेका छन्– ‘मरेर बाँचेको जस्तो अनुभव भयो ।

त्रिभुवन विमानस्थलबाट १६७ यात्रु लिएर राती ९ः३० बजे दुबई उडेको फ्लाई दुबईको एफजेड ५७६ कलसाइनको उक्त जहाजमा टेकअफको केहीबेरपछि नै चरा ठोक्किएर ठूलो आवाजसहित आगोको मुस्लो देखिएको फ्लाई दुबईका प्रवक्ताले दाबी गरेका थिए ।

तर, नागरिक उड्डयन मन्त्री सुदन किरातीले भने चरा ठाेक्किएकाे प्रमाणित नभएकाे बताएका छन् ।


कुनै प्राविधिक समस्या आएको हो कि भनेर त्रिभुवन विमानस्थलमै फोर्स ल्याण्डिङको तयारी समेत गरिएको थियो । तर, जहाजको अवस्था सामान्य रहेको थाहा पाएपछि उक्त जहाजलाई गन्तव्यमै पुर्याएर अवतरण गराउने निर्णय चालकदलले दिएको थियो । स्थानीय समयअनुसार मंगलबार राती १२ः १४ बजेट दुबई इन्टरनेशनल एयरपोर्टमा ल्याण्ड भएको थियो ।

उक्त विमानमा यात्रा गरेका नेपाली यात्रुले भने यात्रा निकै रहेका नेपाली यात्रुले भने यात्रा निकै त्रासदीपूर्ण रहेको बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *