नख्खु–भैंसेपाटीको सडक बनेपछि मात्रै त्यहाँ हेर्न जान्छु : मन्त्री ज्वाला
मकालु खबर
२०८० वैशाख १२ गते
काठमाडौँ । झण्डै ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक निर्माण भइसकेपछि मात्रै आफू त्यो सडक हेर्न जाने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
सोमबारको संसदमा खास गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर ३ की सांसद तोसिमा कार्कीले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने– ‘अलि ज्यादा कुरा उठेको नक्खु–भैँसेपाटी सडकको अहिले केही प्रगति भएको छ । त्यो सडकमा अझ राम्रो प्रगति भइसकेपछि मात्रै म त्यहाँ साइट भिजिटमा जानेबारे सोचिरहेको छु ।’
यो सडक नबन्दा यहाँका यात्री र स्थानीय घाम लाग्दा बाक्लो धुलो र छाहारो खानुपरेको छ भने पानी पर्दा हिलो चिप्लो भोग्नु परेको छ ।
मकालु खबर
२०८० वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित