गण्डकीमा सरकार गठनको लागि २ दिनको समय, प्रदेश प्रमुखले गरे आह्वान
पोखरा । गण्डकीमा नयाँ सरकार गठनका लागि २ दिनको समयसीमा दिइएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख १४ गते दिनको ४ बजेसम्म सरकारमा दावी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।
शनिबार मुख्यमन्त्री खगराज अधिकारीले संसदबाट बिश्वास गुमाएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो । पुस २५ मा माओवादी र राप्रपाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर राजनीतिक समिकरण फेरिएपछि चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो । त्यसपछि सरकार अल्पमतमा परेको हो । कांग्रेस र माओवादीको नयाँ गठबन्धन बनेको छ ।
सरकारको नेतृत्व माओवादीले दावी गरेपनि केन्द्रबाटै कांग्रेसलाई नेतृत्व दिने सहमति भएको छ । माओवादीलाई मुख्यमन्त्रीमा रोक्न कांग्रेसका सांसदहरु काठमाडौं डेलिगेसन गएका थिए ।
यहाँ कांग्रेस २७ सीटसहित पहिलो दल हो भने माओवादीसँग ८ सीट ९सभामुख सहित० छ ।