आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस
काठमाडौँ । राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ ।
बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् ।
उनले प्रस्ताव पेस गरेसँगै छलफल गर्ने क्रममा एमाले सांसद्हरुले अर्थमन्त्री डा।प्रकाशशरण महतको उपस्थिति नभएको भन्दै छलफलमा भाग नलिने भएपछि बैठक स्थगित भएको छ ।
प्रस्ताव पेस गर्दै साहले नेपाली जनताका समस्या समाधान गदै राजनीतिप्रति वितृष्णा र निराशा हुनबाट जोगाउने वर्तमान सरकारको दायित्व भएको बताइन् । उनले मुलुकको अर्थतन्त्र सुधार गरी मुलुकमा समाजवादका आधारहरू तयार गर्नेतर्फ अर्थतन्त्रलाई लैजानुपर्ने बताए ।
उनले मुलुक आर्थिक रूपमा श्रीलङ्का र पाकिस्तानको बाटोमा जान नदिनको लागि सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको बताए ।
उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु राष्ट्रिय रोग जस्तो भएको बताए । उनले सरकारले विकास खर्च गर्न नसक्दा मुलुकको विकास महँगो हुने बताए ।