अपराध रोक्न काठमाडौँको सबै ठाउँमा सिसिटिभी जोडौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।काठमाडौँमा दिनदहाडै हत्या हुने क्रम बढदै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौँ महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्ने बताए ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गरे ।

उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो । प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ । तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन । आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरुले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ । यसको बारेमा विश्वास गर्न गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस् । र, यसको तथ्य सातसात दिनसम्म पनि पत्ता लगाउन सकिएको छैन । शिघ्राधिशिघ्र यो घटनाको दोषी बाहिर आओस् भन्ने माग गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *