ओली सहभागी कार्यक्रम बिथोल्न खोज्नेलाई प्रहरीले पक्राउ गरिसक्यो : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएको झापाको बुधबारेको कार्यक्रम विथाल्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । ओली सहभागी हुने कार्यक्रममा ढुंगामुढा गरिएको भन्दै संसदमा एमालेका प्रमुख सचेतक पदम गिरीले उठाएका थिए । त्यसको जवाफ दिने क्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।
‘अध्यक्ष ओली ज्युको कार्यक्रम विथाल्न खोख्ने एक जनालाई प्रहरीले पक्राउ गगरिसकेको छ,’ उनले भने, ‘शान्ति सुरक्षा कायम गर्न सकारात्मक रुपमा प्रहरीले सहयोग गरेपछि केपी ओलीको बुधबारेको कार्यक्रम सम्पन्न भएपछि इलामतर्फ प्रस्थान गरिसक्नु भएको छ ।’
उनले उक्त कार्यक्रममा प्रदर्शनकारीसँगको झडपमा २ प्रहरी घाइते भएको पनि बताएका छन् । स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने र हिँडडुल गर्न पाउने अधिकारलाई रक्षा गर्न गृहप्रशासनले काम गरिहेको उनले बताए ।