पर्वत कांग्रेसमा पहिरो, ३१ जनाले छोडे पार्टी
मकालु खबर
२०८० वैशाख १४ गते
पोखरा । नेपाली कांग्रेसका पर्वतमा पहिरो गएको छ । प्रभावशाली नेता नेता मिलन सुवेदीको नेतृत्वमा ३१ जनाले पार्टी परित्याग गरेका हुन् ।
उनी कांग्रेसको जिल्ला अधिवेशनमा गगन थापा समूहबाट सभापतिका उम्मेदवार थिए । सुवेदी नेविसंघका पूर्व जिल्ला सभापति समेत हुन् । सुवेदीसहितका नेताहरूले पार्टी परित्याग गरी स्वतन्त्र रहेको जनाएका हुन् । स्रोतका अनुसार उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेशको तयारीमा छन् ।
कांग्रेस जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेवास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेश सदस्यको उम्मेदवार कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठक लगायत छन् ।
मकालु खबर
२०८० वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित