गण्डकीमा आज नयाँ मुख्यमन्त्री बन्ने

पोखरा । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न दिएको समय आज सकिँदैछ ।

दिउँसो ४ बजेसम्ममा संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि गुरुङले आह्वान गरेका थिए । तर माओवादीको ढिपीका कारण सरकार गठनमा ढिलाइ भएको छ ।

गण्डकीको नेतृत्वमा माओवादीको पनि दाबी छ । नेता हरिबहादुर चुमानले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका छन् । प्रचण्डले फोन गरेपछि मात्रै मुख्यमन्त्री दाबीका लागि जाने उनको तर्क छ । कांग्रेस पनि मुख्यमन्त्रीमा दाबी पेस गर्न आवश्यक पर्ने सांसदहरूको हस्ताक्षर लिएर बसेको छ । तर माओवादीले अहिलेसम्म हस्ताक्षर दिएको छैन ।

उपधारा (२) अनुसार सरकार नबने उपधारा (३) अनुसार आजै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे स्वतः मुख्यमन्त्री नियुक्त हुनेछन् । तर माओवादी नेता चुमानले (२) अनुसारकै सरकार बन्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *