संसद् छिर्नुअघि रवि र स्वर्णिमले लिए शपथ (तस्बिरसहित)

काठमाडौँ । उपनिर्वाचनबाट चुनिएका दुई प्रतिनिधिसभा सदस्यले शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले नवनिर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

संघीय संसद् सचिवालयमा केही बेरअघि आयोजित एक समारोहबीच उनीहरूलाई शपथसँगे लोगो वितरण गरिएको छ । लामिछाने र वाग्ले दुवै राष्ट्रिय स्वतन्त्र (रास्वपा)का तर्फबाट क्रमशः चितवन-२ र तनहुँ-१ बाट निर्वाचित भएका हुन् ।

बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले निर्वाचन क्षेत्रमै रहेकाले शपथ हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *