गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्रीहरूले पनि लिने

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।

नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै गण्डकीमा पुनः सरकार गठनको तयारी सुरु भएको छ ।

उनीसँगै माओवादीकी सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी मन्त्री बन्दै छन् ।

कार्यक्रममा सुशिला सिम्खडा भने अहिलेसम्म उपस्थित भएकी छैनन् । उनको शपथका लागि नाम उद्घोषण भएपनि अहिलेसम्म नआएको बताइएको छ । उनी केही समयमा शपथ खान उपस्थित हुने जानकारी गराएकाले अहिले शपथको कार्यक्रम रोकिएको छ ।

सिम्खडा शपथ ग्रहणको तयारीका लागी कपडा लगाउन गएको बताइएको छ ।

हाल गण्डकीमा ७ मन्त्रालय छ । यसअघिको सरकारले १२ मन्त्रालय घटाएर ७ मा झारेको थियो ।
पाण्डेले आज शपथ लिँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *