विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ मा हुने

काठमाडौँ । विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने भएको छ ।

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचन यही वैशाख २५ गते हुने भएको हो ।

शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो जानकारी गराए ।

त्यस अवसरमा उनले सो निर्वाचन कार्यक्रम सार्वजनिक गर्न पनि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए ।  उनले भने,  ‘राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० बमोजिम राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति सभापतिको निर्वाचनका लागि मिति २०८० वैशाख २५ गते सोमबार अपराह्न २ बजेको समय तोकेको छु । समिति सभापतिको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिवलाई निर्देशन गर्दछु ।’

त्यसै गरी बैठकले राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा राष्ट्रियसभाबाट प्रमीला कुमारी, भैरव सुन्दर श्रेष्ठ र मदनकुमारी साह गरिमालाई मनोनयन पनि गरेको छ । अध्यक्ष तिमिल्सिनाले प्रस्ताव गरेको सो नामावलीलाई बैठकले सहमति दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *