सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल
सरकारले अनुदान वा पैसा बिना निजी क्षेत्रको मनोवल वृद्धि गर्न कन्जुस्याँई नगरी प्रोत्साहन गर्न आवश्यक
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौँमा ग्रिल तथा स्टिल व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताए । उनले करिब ८० प्रतिशत जति राजश्व र रोजगारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान पु¥याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए । उनले पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक रहेको बताए। उनले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक रहेको पनि बताए । उनले सरकारले कुनै अनुदान र पैसा बिना मोरल रुपमा मनोबल बढ्ने कुरामा कन्जस्याँई नगरी प्रोत्साहन गर्न माग गरे । अध्यक्ष ढकालले पछिल्लो समय व्यवसायी सबैतिर निराशा देखिएको भन्दै अर्थतन्त्रमा सूचकहरु सकारात्मक रहेको भन्दै निराश नहुन आग्रह गरे । उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटकहरूको आगमनमा वृद्धि, बैंकको तरलता सहज, बैंकको ब्याजदर क्रमशः घट्ने क्रममा रहेको बताए । उनले निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदर वृद्धि भएको बताए । उनले सरकार ,राष्ट्र बैंक,बैंर्कस संघ र निजी क्षेत्रको पहलमा ब्याजदर कम हुँदै गएको दाबी गरे ।
उनले भने,‘पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्छ । निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन । नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने बाहिर जनतामा भ्रम छ । यस्तो सोचाई परिवर्तन गर्नुपर्छ । करिब ८० प्रतिशत जति राजश्व र रोजगारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान छ । यो निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्छ । सरकारले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कहाँ हो भन्ने नै थाहा छैन । यसलाई पनि सरकारले समावेश गर्नुपर्छ । सरकारले कुनै अनुदान र पैसा बिना मोरल रुपमा मनोबल बढ्ने कुरामा सरकारले कन्जुसाई गर्ने त्यस्तो कुरामा निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । पछिल्लो समय व्यवसायी सबैतिर निराशा हुने देखिएको छ । पछिल्लो समय रेमिट्यान्स र पर्यटकहरूको आगमनमा वृद्धि भएको छ । बैंकको तरलता सहज भएको छ । बैंकको ब्याजदर क्रमशः घट्ने क्रममा रहेको छ । कर्जाको ब्याजदर निक्षेपको ब्याजदर बढेको कारण बढेर गएको छ । सरकार ,राष्ट्र बैंक,बैंर्कस संघ र निजी क्षेत्रको पहलमा ब्याजदर कम हुँदै गएको छ । त्यसैले अब निजी क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित भएर काम गर्न सक्नुपर्छ ।’
त्यस्तै,महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गर्नुभयो। उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि अध्यक्षको नेतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरूलाई भेटेर महासंघका मागहरू राखेको बताए । उनले महासंघले उठाएका बैंकको ब्याजदर कम गर्ने विषयमा सरकारले काम अगाडि समेत बढाएको दाबी गरे । उनले अहिलेको महासंघको नेतृत्वले आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र बनाउन भूमिका खेल्ने बताए ।
त्यस्तै कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशभरमा ६० प्रतिशत स्टिल व्यवसायीहरु कानुनी दायरामा आउन नसकेको बताए। उनले ग्रिल तथा स्टिल व्यवसायीहरु कानुनी रुपमा व्यापार व्यवसायी गर्न चाहे पनि सरकारले त्यो खालको वातावरण बनाउन नसकेको बताए । उनले कानुनी दायरामा आउन सरकारको नीति स्पष्ट नभएको अभावको कारण ग्रिल व्यवसायी दर्ता गरेर सञ्चालन गर्न सहज नभएको बताए ।
उनले पछिल्लो समय सामान्य ग्रिल जन्य वस्तुहरू पनि बाहिरबाट आउने गरेको भन्दै ग्रिलजन्य सामग्रीको काम नेपालमा नै गर्ने वातावरण सरकारले बनाउनु पर्ने बताए ।