पोखरा-१८ को मतगणना नगर्न सर्वोच्चको अन्तरिम आदेश
पोखरा । पोखरा १८ को पुनः मतगणना नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पोखराले पुनः गणनाको फैसला गरेको थियो । उक्त आदेश विरुद्ध वडाध्यक्ष शिव प्रसाद तिमिल्सीना सर्वोच्च पुगेका हुन् ।
वैशाख ३० गतेको निर्वाचनमा कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले एमालेका पुस्कल थापालाई जम्मा ३ मतले पराजित गरेका थिए । थापाले भने जालसाजीपूर्ण रूपमा आफूलाई हराइएको भन्दै उच्चमा रिट दिएका थिए । आफू ९ मतले विजयी हुने थापाको दाबी छ । चैत २० गते कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले पुनः मतगणनाको आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले उच्च अदालत पोखराबाट भएको फैसला तत्काल कार्यान्वयन नगर्न भनेको हो । गणनाका समयमा खसेको भन्दा ९ मत कम देखिएको र उक्त मत आफ्नै भएको दाबी थापाको छ ।