वीर अस्पतालको पुरानो भवनको छत खस्दा ४ जना घाइते
मकालु खबर
२०८० वैशाख १७ गते
काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।
आइतबार दिउँसो भएको उक्त घटनामा चार जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते बताए ।
रिजालले चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको जानकारी दिए ।
मकालु खबर
२०८० वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित