गण्डकीका मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले २१ गते २ बजेका लागि संसद बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २१ गतेका लागि संसद अधिवेशन आह्वान गरेका छन् । पाण्डे १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिको १ साता नबित्दै उनले बिश्वासको मत लिन लागेका हुन् । विश्वासको मत पछि मात्रै सरकार बिस्तार गर्ने योजनामा मुख्यमन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *